नियमित खबर, वीरगंज, २५ असोज , मो. असलम

वीरगञ्जको विर्तामा रहेको नारायणी सेन्टरल अस्पतालमा पर्साकै कालिकामाई गाउँपालिका वडा नम्बर ९ हरियरपुर घर भएकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

उनले २ छोरा, १ छोरी गरी कुल ३ बच्चालाई जन्म दिएको अस्पताल प्रशासनले जनाएको छ । उनलाई प्रसव पिडा अत्याधिक भएपछि अस्पताल भर्ना गरी शल्यक्रिया गर्दा ३ वटा बच्चा जन्मिएको अस्पतालका डा. प्रमोद कुमार सर्राफले बताए ।

अस्पतालले जन्मेका ३ वटै बच्चाहरुको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको र कुनैपनि समस्या नरहेको जनाएको छ l हाल सबै बच्चाहरु लाई डाक्टरको निगरानीमा राखिएको अस्पताल स्रोतले बताएको छ ।