सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम जिल्ला पर्सा बी.म.न.पा. २ स्थित ईदगाह चौकमा लैङ्गिक हिंसा विरुद्धको जनचेतना मुलक घरदैलो कार्यक्रममा सन्देश मुलक पोस्टर बितरण गरि मनाइएको छ ।
श्री वडा समितिको कार्यालय वडा नं. २ छपकैया स्थित ईदगाह चौकमा पुगी कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री हाजी ग्यासुदिन ठकुराई ज्यूको अध्यक्षतामा श्री बडा समिति कार्यालय बडा नं.२ का बडा अध्यक्ष श्री महमद रेयाज मिया तेली ज्युको प्रमुख आतिथ्यमा श्री बडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि.बिशाल मल्ल ज्युको बिशिष्ट आतिथ्यमा श्री प्रहरी चौकी ईनर्वा भन्सारका ईन्चार्ज प्र.ब.ना.नि. टेक बहादुर कार्की ज्युको, श्री अस्थाई प्रहरी पोष्ट भकुवाका ईन्चार्ज श्री सम्सुदिन अंसारी ज्यु श्री वडा सदस्य श्री बसिर मिया हजामको आतिथ्यमा, र सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ट उपाध्यक्ष मो.अब्दुल हक ,सचिव श्री प्रबिण बिक्रम शाह,अरुण कुमार गोयल,श्रीमती टिका प्रसाई प्र.स.नि.काम बहादुर गुरुङ्ग,प्र.ह. देवेन्द्र कुमार पटेल,लगाएत स्थानिहरुको उपस्थित रहेको थियो ।