फागुन १९, वीरगंज, पर्सा – मुस्लिम धर्मावलम्बीहरूको पवित्र रमजान पर्वको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १, २, ३, १६ का अति गरिब तथा विपन्न वर्गका २०० परिवारलाई चामल वितरण गरिएको छ ।

सामुदायिक सेवा केन्द्र छप्कैया, वडा नं. २ द्वारा आयोजित तथा राइजिङ्ग वीरगंज नेपाल को विशेष सहयोगमा सम्पन्न कार्यक्रममा प्रत्येक परिवारलाई २५ किलोको १ बोरा चामल प्रदान गरिएको हो ।

चामल वितरण कार्यक्रम मरियम लेदर का सञ्चालक फारुक जमाल कोरैसी ज्यूको विशेष सहयोगमा तथा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ज्यासुदिन ठकुराइ को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सामुदायिक सेवाका पदाधिकारीहरू, स्थानीय समाजसेवीहरू तथा वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्थानिय समुदायले यस परोपकारी कार्यको उच्च सराहना गर्दै आगामी दिनमा पनि यस्ता सहयोगी पहलहरू निरन्तर जारी रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।