सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज म.न.पा.-१६ ईनर्वा स्थित भारतबाट नेपाल प्रवेश गर्ने विभिन्न सीमा नाकाहरुबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी तथा स्वयम् व्यक्तिले पैदल बोकेर नेपालतर्फ ल्याउदै गरेको मुल्य रु. १०,५६,३३०।- बराबरको किराना सामान, कपडा, जुत्ता, मोवाईल पार्टस र कम्प्युटर पार्टस बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।

साथै आजकै मितिमा सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलिले विन्दवासिनी गा.पा-३ छठघाटबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रु. ७६,९८०।- बराबरको कपडा बरामद गरि आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ।