वीरगन्ज- वीरगन्ज महानगरपालिकाका पूर्व
मेयर विजय सरावगीले नेकपा एमाले बाट परित्याग गरेका छन् ।
संघीय
समाजवादी फोरमबाट २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी जसपाबाट वीरगन्ज
महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वाचन भन्दा पहिले २०७८
साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए ।एमालेमा प्रवेश गर्ने
क्रममा उनले भनेका छन्,
'मैले पर्सा जिल्लामा फोरमलाई पूरै जिताए। त्यसलाई
पार्टीले मूल्यांकन नै गरेन। जुन ढंगले पार्टीले मलाई ट्रिटमेन्ट गर्नुपर्ने थियो
त्यसो गरेन। उपेन्द्रजीले मेरो मानसम्मान नै गर्नु भएन ' बताएका
थिए।
दलबदलका क्रममा सरावगी उपेन्द्र यादव नेतृत्वको जसपा
नेपालमा फेरि फर्कने चर्चा सर्वत्र छ।कुनै पनि राजनीतिक पार्टीबाट अवसर प्राप्त
हुने सुनिश्चितता नभएपछि एक पार्टीको नेता-कार्यकर्ता अर्को पार्टीमा प्रवेश गर्ने
परम्परागत प्रचलनको पुनरावृत्ति भइरहेको छ।
नेकपा
एमालेका केन्द्रिय परिषद सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा आफुलाई
कुनै भूमिका नदिईएका,
निस्कृय बनाएर राखिएको भन्दै एमालेबाट राजिनामा दिएको
जनाएका छन्।
सरावगीले
गत बुधबार नै एमालेको साधरण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी
शर्मा ओेलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त राजिनामा पत्र शुक्रबार मात्र
सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।
मधेश केन्द्रित दलहरूको अवस्था र मधेशमा प्रभावशाली
मानिएका ठूला दल जनता समाजवादी पार्टी (जसपा) अघिल्लो पटकको तुलनामा यसपटक झण्डै
आधाभन्दा बढी कमजोर देखिएको छ । पार्टीले टिकट नदिनेबित्तिकै अर्को पार्टीमा
प्रवेश गरी टिकट लिने प्रवृत्ति अहिले २ नम्बर प्रदेशका जिल्लामा देखिएको छ । मधेसको
राजनीतिमा व्यापक रुपले दल बदल को संक्रमण फैलिरहेको छ ।