११ कार्तिक बीरगञ्ज -दिपावलीको अवसरमा वीरगञ्जमा पुनः ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरपालिकाले आदर्शनगर चोकदेखि भाजुरत्न चोकसम्म सोमबारदेखि ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।
सोमबारदेखि बिहीबारसम्म दिपावली लक्षित रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन र अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउन रात्रि बजारले भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ ।
वीरगंज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा हुन लागेको रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ ।
यसका साथै नेपाली सांस्कृतिक परम्परा झल्कने झाकीको प्रस्तुतीका साथै दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत आयोजना हुने छ ।यसअघि हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार गरी दुई दिन मात्र लाग्दै आएको‘रात्रि बजार’महानगरले यस पटक भने ‘रात्रि बजार ४ दिन लगाउने गरि तयारी गरेको छ।११ कार्तिक बीरगञ्ज -दिपावलीको अवसरमा वीरगञ्जमा पुनः ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरपालिकाले आदर्शनगर चोकदेखि भाजुरत्न चोकसम्म सोमबारदेखि ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो ।
सोमबारदेखि बिहीबारसम्म दिपावली लक्षित रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउन र अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउन रात्रि बजारले भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ ।
वीरगंज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा हुन लागेको रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिनेछ ।
यसका साथै नेपाली सांस्कृतिक परम्परा झल्कने झाकीको प्रस्तुतीका साथै दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत आयोजना हुने छ ।यसअघि हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार गरी दुई दिन मात्र लाग्दै आएको‘रात्रि बजार’महानगरले यस पटक भने ‘रात्रि बजार ४ दिन लगाउने गरि तयारी गरेको छ।महानगरभित्रको व्यापार व्यवसाय चलायमान बनाउन र पर्यटक भित्र्याउन महानगरले गएको २०८० को बैशाख महिनादेखि रात्रि बजार लगाउन सुरु गरेको हो।