जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटको पूर्वपटिको टोलमा भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न ब्यक्तिहरुको घरमा लुकाई छिपाई ल्याएको लत्ताकपडाहरु छापामारी वरामद गरिएको छ ।
प्रस्तावीत सीमा सुरक्षा गुल्म बीरगंज बाट सहायक प्रहरी नायब उपरीक्षक सुरज रिजाल, शसस्त्र प्रहरी बल नेपाल १३ नं. गण हे.क्वा. पर्साबाट सहायक प्रहरी नायब उपरीक्षक बिश्वराज योन्जन, बि.ओ.पि. सिर्सीयाबाट सहायक प्रहरी नायब निरीक्षक क्षेत्र बहादुर थापाको संयुक्त नेतृत्व र बिरगंज भन्सार कार्यलयका ना.सु. नागेन्द्र प्रसाद यादवको संयुक्त टोलिले बिशेष सुचनाको आधारमा छापामारी गरी रु. ७,३१,१००।- भन्सार मुल्य बराबरको लत्ताकपडाहरु पक्राउ परेको छ ।
बरामद गरिएको उक्त कपडाहरु वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।