३ असार वीरगंञ - इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकरइद (इद उल अजहा) आज सोमबार देशभर मनाइँदै छ ।


पैगम्बर इब्राहिमले सपनामा अल्लाहबाट आफ्ना छोरा इस्माइलको बलि दिन आदेश पाएको ठानिन्छ। त्यो कुरा इस्माइललाई सुनाउँदा उनी त्यसका लागि तयार भए र आफ्ना बुवालाई त्यसको पालना गर्न आग्रह गरे। इब्राहिमले छोराको बलि दिनै लाग्दा अल्लाहले रोके अनि इस्माइलको साटो बलि दिन भन्दै एउटा भेडा दिए।विश्वका विभिन्न स्थानमा मुस्लिमहरू विभिन्न प्रकारका घरपालुवा जनावरको बलि दिन्छन्। 

रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरूको रमजानपछिको दोस्राे ठूलो पर्व हो ।

नेपालमा मनाइने अनेकन चाड पर्वमध्ये इस्लाम धर्मावलम्बी हरूकोे महान पर्व बकर इद (इदुल अज्हा) पनि एक हो । यो पर्व तीन दिन मनाइने गरिन्छ । 

बकर इद (इदुल अज्हा) मा कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकरइदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।


इस्लामी क्यालेण्डर अनुसार १४३५ हिजरी (साल) को अन्तिम महिना जिलहिजा १० तारिखका दिन यो पर्व विश्वभरि मनाउने चलन रहेको छ ।

बकर इद (इदुल अज्हा)कुर्वानी का दिन बिहानै उठी नित्य कार्य सकेर गाउँबाट पर खुला मैदानमा गई नवाज (एक किसिमको प्रार्थना) पढ्नु पर्छ । त्यसपछि घर फर्कि बलि दिइने गरिन्छ । आर्थिक अवस्थाका कारण बलि दिन नसक्नेहरूको घरमा पनि यस पर्वको रौनकता छाओस् भन्ने उद्देश्यले बलिको मासु(तनुका) बाँडिन्छ ।यस पर्वको अवसरमा विश्वभरिका लाखौं मुस्लिमहरू मक्कामदिना हजका लागि जाने गर्छन् । यस समुदायमा मक्कामदिना हज गर्न जान सक्नुलाई ठूलो धार्मिक सफलता मानिन्छ ।

बकर इद (इदुल अज्हा)कुर्वानी यस महान  पर्वको अवसरमा सरकारले नेपाल भरि सार्वजनिक बिदा दिएको छ ।

यस पर्वमा आर्थिक रूपमा सबल मानिसहरूले दान गर्नुपर्ने अल्लाहको आदेश रहेको इस्लामी धर्मावलम्बीहरु बताउँछन् । यो पर्वमा आफ्ना ईश्वर अल्लाहलाई खुसी बनाउन इस्लाम धर्मावलम्बीहरूले आफ्नो धर्मले भनेअनुसारका पशुको बलि चढाउने र दान दिने गर्दछन् । पशुबलि दिनु र बाँडेर खानु, आफूले सकेको दान दिनु मानव धर्मका लागि केही न केही गर्नु यो पर्वको विशेषता रहेको छा

 हाम्रो देशमा विशेष गरी  पर्सा , बारा , रौतहट, सर्लाही, जनकपुर, सिराहा, सप्तरी, नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौं,  मोरङ, कपिलवस्तु लगायत इस्लाम समुदाय बसोबास गर्ने विश्वभरि अन्य स्थानहरूमा समेत यो पर्व मनाइन्छ । सामाजिक एवम् साँस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्ने मलाई लाग्दछ ।

अन्त्यमा, यस पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।

इस्लाम धर्मावलम्बीहरूको महान् चाड ईद (ईद-उल-फित्र) पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि   नियमित खबर परिवारको तर्फबाट मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।