जिल्पला पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डमा ४२ किलो लागु औषध गाँजाको धुलो सहित दुई जना पक्राउ परेका छन् .

बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४० नं. को पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको ४२ पोका ४२ किलो बराबरको लागु औषद  फेला परेको हो  ।

पिकअप चालक जिल्ला मकवानपुर भिमफेदी गा.पा.वडा नं.९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ४ बस्ने बर्ष ४० को बिनोद राम समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ  निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको छ ।