जिल्पला पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन चोक स्थित गण्डक जानकीटोला जाने नहरको सडकखण्डमा ४२ किलो लागु औषध गाँजाको धुलो सहित दुई जना पक्राउ परेका छन् .

बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया तथा प्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा गण्डकबाट देवरीया तर्फ जादै गरेको बा.प्र.०३-००१ च.१५४० नं. को पिकअपलाई रोकी चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको ४२ पोका ४२ किलो बराबरको लागु औषद  फेला परेको हो  

पिकअप चालक जिल्ला मकवानपुर भिमफेदी गा.पा.वडा नं.९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र जिल्ला पर्सा पटेर्वासुगौली गा.पा. वडा नं. ४ बस्ने बर्ष ४० को बिनोद राम समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ  निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको छ ।