२९ जेठ बीरगञ्ज - तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।
धेरै दिनदेखि पानी नपर्दा आज मङ्गलबार साँझ रौतहट जिल्लाको गाउँपालिकामा मौलापुर नगरपालिका स्थित मौलापुर बजारको चौकमा नाम, थर, वतन नखुलेका एक अज्ञात पुरुषको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ ।
यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण बारा, पर्सा ,रौतहट लगायत अन्य मध्य तराईका जनजीवन कष्टकर बनेको छ। तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले दिउँसो घर बाहिर निस्कँदा सिधै आगोले पोले गर्नाले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ।