२१ असार वीरगंज - वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) मा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी तथा अभिभावक सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ ।
महानगर प्रमुख सिंहले आजबाट विद्यार्थीका अभिभावकसँग विद्यालयमै पुगेर भेट्ने अभियान नै सुरु गर्नु भएको छ ।
शुक्रबार आज विर्तामा रहेको श्री सुन्दरमल रामकुरमा कन्या माद्यमिक विद्यालयमा आगामी वर्ष एसईई दिने कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर छलफल गर्दै विद्यालयमा मात्रै नभई अभिभावकले घरमा पनि आफ्ना सन्ततीको पढाइको बारेमा चासो लिनु पर्ने बताउनुभयो । विद्यार्थीको शैक्षिक गुणस्तु वृद्धि गराउन विद्यालयको भौतिक संरचना, शिक्षक व्यवस्थापन तथा शैक्षिक सामग्री उपलब्ध गराउन महानगर तत्पर रहेको र शिक्षकले पनि तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउन आवश्यक रहेको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।