प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले वीरगंजको टाउनहलमा बलिदानी दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रममा प्रमुख अतिथी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ६३ जना सहिद परिवारलाई ३/३ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । साथै मधेस आन्दोलनका १३० जना घाइतेलाई पनि तिनको शारिरिक अवस्था हेरेर १ देखी २ लाख सम्मको चेक प्रदान गर्नुको साथै १/१ थान कम्बल र यातायात बापत ४ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।