श्रीपुर बिरगन्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाललाई राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा राष्ट्रिय पुरस्कारको लागि छनौट गरिएको छ। यो सम्मान उहाँको शिक्षाक्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप प्रदान गर्न लागिएको हो।
शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित प्रधानाध्यापक वर्णवालले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको छ। विद्यालय सुधार, विद्यार्थीहरुको शैक्षिक प्रगति, र शिक्षकहरुको क्षमता विकासमा उहाँले गरेको योगदानले उहाँलाई यस राष्ट्रिय पुरस्कारको लागि योग्य बनाएको हो।
राष्ट्रिय शिक्षा दिवसको यस अवसरमा शिक्षाक्षेत्रमा उत्कृष्टता प्रदर्शन गर्ने व्यक्तिहरुलाई सम्मानित गरिने कार्यक्रम रहेको छ, जसले देशभरका शिक्षासम्बद्ध व्यक्तिहरुलाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ।