सरकारी कागज कीर्तेमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ३ जना विरुद्ध जाहेरी दर्ता भएको छ ।
वीरगंजको वडा नं ३ निवासी लियाकत अलिले दिएको निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मेयर सिंह सहित रुबिना श्रेष्ठ, रिता भट्टराई र भिखारी राय विरुद्ध जाहेरी दर्ता भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
प्रहरीले किर्ते कागजात, सिफारिस गर्ने पञ्जिकरण अधिकारी लगायतको बयान र अनुसन्धान अगाडि बढाएको छ ।
मेयर सिंहले अर्काकी छोरीलाई आफै बाबु बनेर नागरिकता बनाइदिएको जाहेरीमा उल्लेख छ । साथै, सोही नागरिकता बनाउन उनले जन्मदर्ता, सिफारिस लगायतको कागजात किर्ते बनाएर नागरिकता बनाई दिएको आरोप छ।