२८ जेठ वीरगंज - पर्साको वीरगञ्ज महानगरपालिका -११ रानीघाट नजिक श्रिशिया नदीमा एक जना अज्ञात पुरुषको शव फेला परेको छ । आज सोमबार साझी करिब ४ बजे नदी किनारमा एक अज्ञात व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा मृत व्यक्ति करिब २५/३० वर्षको देखिने कालो रंगको पेन्ट र कालो पहेंलो रंगको शर्ट लगाएका स्थानिय ध्रुव तामाङ रहेको प्रहरीले जानकारी दिएका छन्।मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ ।शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा पठाउने तयारी भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।