वीरगंज १९ असोज गाडीको दुरुपयोग गर्दै - भारतको रक्सौलमा किनमेल सानालाई ऐन ठूलालाई च्यान
आम जनतालाई सिस्टम र सरकारी कर्मचारीलाई भिआइपी ट्रिटमेन्ट ।
विदाको दिन सरकारी गाडी कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर बीरगञ्जमा भने यो नियमको पालना भएको छैन ।
सरकारी गाडी सार्वजनिक विदाको दिन चलाउनुको साथै व्यक्तिगत कामकाजका लागि समेत प्रयोग हुन थालेको छ।
चाडबाड नजिकिएसँगै हाम्रो छिमेकी मुलुक भारतको रक्सौलमा आफ्ना पद र सरकारी गाडीको चरम दुरुपयोग गर्दै किनमेलका लागि उपयोगमा ल्याएका छन्।
नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन नेपाल मात्र होइन भारतको रक्सौलमा सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ ।
साना लाई ऐन ठूलालाई चैन भनेजस्तै बीरगञ्ज भन्सारमा ताक लगाएर बसेका सुरक्षाकर्मीहरूले एका तर्फ
मध्यवर्गीय देखि साना परिवारले २ केजी चिनी , ५ केजी आलुजस्ता समान्य घरेलु सामानहरू साइकल , रिक्सा , टाङ्गा , बाइक र पैदल यात्रुहरूसम्मका सामान्य समानहरू कडाईका साथ खोस्ने कार्य गर्दै आइरहेका छन् भने अर्को तर्फ सरकारी गाडी हेर्ना साथ सरकारी गाडीमा नियम नै नलाग्ने गरी बिना चेकजाँच गरी आइरहेका छन् । चेक जाँच गर्नुपरेमा पनि कुन सरकारी कर्मचारी हो , आफन्त छ , चिनेको छ भने सलाम ठोक्दै भिआईपि ट्रिटमेन्ट दिने गरिन्छ ।
अर्थ मन्त्रालयले जारी गरेको बजेट तर्जुमा दिग्दर्शन २०७५ मा सरकारले आफ्ना मातहतका कार्यालय र कर्मचारीको सेवा सुविधाका सम्बन्धमा समेत स्पष्ट व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि खरिद गरिने सवारीका सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ।
बजेट तर्जुमा दिग्दर्शनको आठौं संस्करणमा कुन श्रेणीका कर्मचारी तथा पदाधिकारीले के कस्तो सवारी साधन सुविधा पाउने भन्ने व्यवस्था गरिएको छ। दिग्दर्शन सरकारले सबै वर्गका कर्मचारी तथा पदाधिकारीले एकै किसिमका सुविधा पाउन र सरकारी खर्चमा सेवा उपयोगमा एकरूपता कायम होस् भनेर जारी गरेको हो।
सरकारी कामका लागि प्रयोग गर्न सरकारी गाडी खरिद गरिएको हो, ब्यक्तिगत प्रयोजन एवम् सार्वजनिक विदाका दिन समेत प्रयोग भएको पाईएको छ । सवारी साधन कुनै कारणले आफ्नो कार्य क्षेत्रभन्दा बाहिर, सार्वजनिक विदा बाहेकका दिनमा प्रयोग गर्न परेमा अधिकार प्राप्त अधिकारीसँग अनुमति लिनुपर्ने कानुनी ब्यवस्था छ ।’
तर यहाँ कानुनमा बस्नेहरू नै कानुन मिचेर देशको कानुन लाई चरम दुरुपयोग गरिरहेको पाइन्छ।
यसरी सरकारी कर्मचारी तथा सरकारी गाडीहरूको लागि फरक नियम र आम जनताहरूका लागि मात्र नीतिनियम र कानुन बनाइएको हो भन्ने ठूलो प्रश्न उठिरहेका छन् ।
बिदाको दिन सरकारी सवारी साधन कुदाउन नपाउने प्रावधान भएता पनि ट्राफिक प्रहरीहरूले खुल्ला छुट दिएको पनि बुझ्न सकिन्छ। आम जनतालाई नानाथरिका चिट काट्नुभन्दा पछि नहट्ने बीरगञ्जका ट्राफिक प्रहरीहरू बिदाको दिन सरकारी गाडी कुदाउनेहरुलाई
चेकिङमा कडाई नगरेको प्रष्ट छ ।
यसरी सरकारी कर्मचारी र प्रशासनको मिलेमतोमा देशको नियम कानुनको धज्जी उडाइरहेका छन्।
पदाधिकारीले सरकारी सवारी दुरूपयोग गरेबापत कुनै कारबाही भोग्नुपर्दैन ।
तर आम जनता माथी आइलाग्ने गरि नीति , नियम र कानुन को धाक धम्की देखाउँदै थर्काउँदै अत्याचार गर्नुमा पछि हट्दैनन् ।