पर्साको बहुदरमाई नगरपालिका वडा नं ७ बाट २४० केजी प्रतिबन्धित गाजा शसस्त्र प्रहरीले बरामद गरेको छ ।
बीरगंजबाट परिचालित शसस्त्र प्रहरीको १३ नम्बर गणको टोलीले बहुदरमाई नगरपालिका ७ स्थित बाल निकेतन बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको सशत्र प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता सन्तोष बस्नेतले जानकारी दिएका छन् ।
बिशेष सूचनाको आधारमा गणबाट गएको टोलीले आज . साझ सुक्रबार करिब साढे छव बजे बरामद गर्न सफल भएको हो बस्नेतले जानकारी दिए ।
बरामद गरिएको गाजा आवश्यक कार्यबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।