मिति २०८०।१२।१५ गते अं.१३;३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.४ स्थित यस कार्यालय अगाडी जगदम्वा सिमेन्ट उद्योग पर्सा तथा यस कार्यालयको संयुक्त आयोजनामा तालुक जि.प्र.का.पर्साका कार्यालय प्रमुख प्र.उ. श्री कुमोध ढुंगेल ज्यूको प्रमुख आतिथ्यतामा, यस कार्यालयका कार्यालय प्रमुख प्र.नि.श्री पुष्कर बोगटी ज्यूको अध्यक्षतामा, जि.ट्रा.प्र.का.पर्साका कार्यालय प्रमुख प्र.नि.श्री भाषकर खतिवडा ज्यू , जगदम्वा सिमेन्ट पर्साको अध्यक्ष श्री विवेक सिंह ज्यू, वीरगंज राउण्ड टेवलको प्रतिनिधी अंकुर भंगर ज्यू र स्थानिय जनप्रतिनिधी तथा भद्र-भलादमीहरु समेतको उपस्थितीमा "हाम्रो सावधानी,हाम्रो सुरक्षाः वालवालिकाको लागि हेल्मेट सुरक्षालाई प्राथमिकता दिनुहोस" सम्बन्धी अं.१०० थान हेल्मेट वितरण कार्यक्रम गरी उक्त कार्यक्रम ऐ.अं.१५;३० बजेको समयमा समाप्त भएको ।