स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहायोमा एवं माण्डबी को सहजीकरणमा निर्वाचित महिला प्रतिनिधीहरुको लागि प्रारम्भिक प्रशिक्षण तेश्रो मोडयुल ४ दिने तालिम आर्दशकोतवाल गाउँपालिका भित्र रहेका ८ वटा वडाका निर्वाचित महिला सदस्हरुको सक्रिय सहभागीतामा गाउँपालिका कार्यलयको छेउमा रहेको कृषि तथा पशुकार्यलयको बैठक भवनमा आज देखी सुरु भएको छ ।
४ दिने तालिमको औपचारिक रुपमा उदघाटन गाउँपालिकाकी उपाध्यक्ष मिरा देबीले गरेकी थिइन्।
स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउनको लागि यस तालिमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजुकुमार साहले सहभागीहरुलाई स्वागत गर्दै आफनो मन्तब्य राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाहरुले समुह कार्य, बैठक योजना ब्यबस्थापन, बिधायकी प्रणाली, सक्रिय सुनाई, सञ्जालीकरण, संचार माध्यमसँगको सहकार्य, विकास, समुदाय परिचालन, ब्यतिmगत बिकासका लक्ष्यहरु बिषयमा यस तालिम अवधि भित्र जानकारी गराउनु पर्ने प्रशिक्षक अरबिन्द चौधरी र निभा सिंहले बताएका थिए।