वीरगंज वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र लाई वीरगञ्ज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मियाँ द्वारा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

अधारभूत स्वास्थ केन्द्रबाट दिने सेवा सुबिधा लाइ प्रभावकारी बनाउन को लागि नेमुलाइजर मैसिन १ थान पंखा ३ थान कुर्सी ५ थान एक कार्यक्रमका बीच बडा अध्यक्ष मियाँले हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रममा वडा अध्यक्ष लगाएत वडा सदस्य अब्दुल लतिफ अन्सारी ,बसिर मिया हजाम, संगीता थापा भुजेल ,रम्भा देवी ज्युको सहभागीता रहेको थियो ।

वडा अध्यक्ष रेयाज मियाँले अगामी दिनमा पनि आवस्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।