विशेष सुराकीको आधारमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ३ बाट वन कार्यालयको टोलीले काँचो सालको गोलीया काठ बरामद गरेको छ।
तस्करहरुले सालको गोलीया काठ दुई थान साइकलमा लुकाएर राखेको अवस्थामा मंगलबार बेलुकी सव डिभिजन वन कार्यालय बढ्निहारबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद गरिएको काठ सहित साइकल सव डिभिजन वन कार्यालय बढनियारमा राखिएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ।