कलैया उपमहानगरपालिका, वडा समितिको कार्यालय वडानं.२२ र लुमन्ति आवासको लागी सहयोग समूहको आर्थिक सहयाेग तथा कलैया उपमहानगरपालिका वडा नं २२ गाछिटोल उपभोक्ता समितिको आयोजनामा निर्माण भएको ३३ वटा घरको समुदघाटन तथा उक्त आवास निर्माणमा भएका खर्चहरूको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएकोछ ।
उदघाटन सत्रका सभापती गाछिटोल अभोक्ता समितिको अध्यक्ष ब्रह्मदे महराको सभापतित्वमा तथा प्रमुख अतिथी कृषी तथा पशुपंक्षी विकास मंत्रालयकी मन्त्री माननिय ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो ।
विपन्न परिवारको आवास निर्माण कार्यमा गरिएको सहयोगलाइ सराहना गर्दै सरसफाइ, शिक्षामा मा जोड दिन सुझाव दिनुभएको थियो । कृषी तथा सिच्याइको लागी विशेष पहल गर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य माननिय महमद समीरले मधेस प्रदेशका अतीविपन्न वर्ग भएका घरपरिवार हरुको लागि आवास संगै स्वास्थ्य सेवामा पहुंच, पर्यटक लाई प्रोत्साहन तथा कृषक हरुलाई मलखाद उपलब्ध गराउन कृषि मन्त्री साहलाई ध्यानाकर्षण गराएका थिए ।
कलैया उपमहानगरपालिका को तर्फबाट रु १५ लाख , वडा समितिको कार्यालय वडा नं. २२ को तर्फबाट रु.२५ लाख तथा लुमन्ती आवासको लागी सहयोग समूह को Abbe Pierre Foundation, MISEREOR/KZE परियोजनाको तर्फबाट प्रति परिवार रु. १ लाख ८० हजार गरि जम्मा रु. ५७ लाख ६० हजारको अनुदान सहयोगमा तथा रु.८ लाख ९५ हजार समूदायको लगानीमा ३३ घरधुरी निर्माण गरिएको लुमन्तीका कार्यक्षेत्र संयोजक अब्दुल कैशले जानकारी गराए ।
कार्यक्रममा प्रदेश सान्सद रबिन्द्र सास श्रेष्ठ ,उप मेयर रैशन प्रविण,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,काङ्ग्रेस जिल्ला सभापती एवम पुर्व मेयर राजेश राय यादव,सहायक प्रजिअ कृष्ण प्रसाद आचार्य, डिएसपी राजेश थापा,वडा अध्यक्षहरु, लुमन्तीका सिनियर म्यानेजर महेन्द्र शाक्य, हाउजिङ्ग म्यानेजर लुमन्ती जोशी, ईन्जिनियर बशुन्धरा महर्जन, एडमिन फाईनान्स अफिसर मिला शाक्य सहित स्थानियहरुको उपस्थिति रहेको थियो । साथै विभिन्न७ वटा देशका २६ जना विदेशी पाहुनाहरुको समेत उपस्तिथी रहेको थियो ।
त्यसैगरी कलैया उपमहानगरपालिका र लुमन्तिको आर्थिक अनुदानमा लोपोन्मुख जाति थवइका २६ घर तथा मुसहर ८ परिवार गरि ३४ वटा आवास निर्माण गर्नका लागी क. उ.म.न.पा. ले जग्गाको व्यवस्थापन गरि आवास निर्माण गर्ने योजना रहेको समेत लुमन्तिका कार्यक्षेत्र संयोजक कैशले जानकारी गराए ।
कार्यक्रमको सन्चालन अनिल मण्डलले गरेका थिए भने स्वागत मन्तव्य समुदायबासी रमेश रामले गरेका थिए ।