सशस्त्र प्रहरीले करीब ३ लाख ५७ हजार रुपैयाँ बराबरको विभिन्न सामान पश्चिम नवलपरासी जिल्लाको सरावल नगरापलिका ७ स्थित बर्गदवा तथा पालिनन्दन गाउँपालिका २ स्थित मुडेराबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतमा रहेको बिओपी हरपुर र बिओपी भुजहवाबाट खटिएको सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त सामान बरामद गरेको हो । बरामद सामान महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसरीनै करीब २ लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २ सय ६० किलो सुर्ती सशस्त्र प्रहरी बल नेपाल बिओपी जमुनाहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ ।भारत को नाकाबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालका १५ तित्रहवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद सुर्ती भन्सार कार्यालय नेपालगंजमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।