लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज साँझ वीरगंजको घण्टाघरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्येयक सिफारिस गरेको परमानिक गर्न सो विद्येयक राष्ट्रपति ज्युले पुनः सदनमा बिचार विमर्श गर्ने र छलफल गरेर अगाडी बढाउन माग सहित विद्येयक फिर्ता पठाएको विरोध मा राष्ट्रपति को पुत्ला जलाइ विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन लोसपा नगर अध्यक्ष ललन सिंह को नेतृत्व मा सम्पन्न भएको छ । यस कार्यक्रममा उपाध्यक्ष शेख फिरोज, सचिव बिरेन्द्र सर्राफ, केन्द्रीय सदस्य शशीकपुर मिया, जिल्ला सदस्य सन्तोष तिवारी, पुरन , दिपक पटेल लगायत महिला जिल्ला अध्यक्ष रूखसाना , उसा श्रीवासतव , मुन्नी श्रीवासतव लगायत सयौं को उपस्थित रहेको थियो साथै राष्ट्रपति जयु ले चालेको कदम तुरून्त न सच्चयाए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्

नागरिकता विहिन नागरिक संघर्ष समितिले पनि घण्टाघरमा राष्ट्रपति बिधया देबी भन्डारी को पुत्ला दहन गरेकाे छ । राष्ट्रपति तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध मा नारा लगाउँदै बिरोध प्रदर्शन गरि पुत्ला दहन गरेकाे छन्।