लैङ्गिक समानता तथा सहयोगी बन्ने घरमुली परिवारका सदस्यसँगको सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बारा जिल्लामा माण्डबी द्वारा संचालित महिला नेतृत्व कार्यक्रम अन्तर्गत, कोल्हबी नगरपालिका, महाँगढीमाई नगरपालिका, आर्दशकोतवाल गाउँपालिका, निजगढ नगरपालिका, प्रसौनी र परवानीपुर गाउँपालिकाका निर्वाचित महिला सदस्यहरुको परिवारका सदस्यहरुको सक्रिय सभागितामा समपन्न भएको छ।
यी ६ वटै पालिकाहरुमा १ दिने अन्तरक्रिया छुटा छुटै ६ ईभेन्टमा संचालन गरिएको थियो ।
माण्डवीको आयोजनामा र स्विस सरकार र अस्ट्रेलियन सरकारको आर्थिक सहयोग र आई एफ ई स नेपालको प्राविधिक सहयोगमा सो अन्तरक्रिया कार्यक्रममा निर्वाचित महिला सदस्यहरुको परिवारबाट श्रीमान, ससुरा, सासु, छोरा, छोरी, जस्ता परिवार सदस्यहरुको सहभागिता रहेका थियो । महिला र पुरुष दुबैलाई लागु हुने लैङ्गिक समानतासँग समबन्धी मुख्य बिषयहरु लगायत लैङ्गिक समानता प्रवर्द्धनका लागि प्रतिवद्धता समबन्धी बिषय बस्तुमा छलफल भएको कुरा माण्डवी बाराका कार्यक्रम अधिकृत राजु कुमार साहले बताएका थिए ।
अन्तरक्रिया कार्यक्रमका सहजकर्ता राजु कुमार साह र निभा सिंह महिला र पुरुष दुवैलाई लागु हुने लैङ्गिक समानतासँग समबन्धित मुख्य शब्दावलीहरु, लैङ्गिक समानताका कानुनी अधारहरु, निर्वाचित महिला जनप्रतिनिधी तथा समुदायका अन्य महिलाका लागि सहयोगी बन्नका लागि आवश्यक सीप र रणनितीका बारेमा दुई वटा सत्रमा बिभाजन गरी प्रस्तुत गरी छलफल गराएका थिए ।
समापन सत्र सम्बोधन गर्ने क्रममा कार्यक्रमका सहभागीहरुले लैङ्गिक समानताका लागि प्रतिबद्धता जनाउँदै परिर्वतनका लागि आफुहरु महिलाहरुको लागि सहयोगी बन्नुका साथै निर्वाचित आफनो घरपरिवारका महिला सदस्य लगायत समुदायका अन्य महिलाहरु सहयोग गर्ने बताएका थिए ।