ई पासपोर्टको अनलाईन फारम र राष्ट्रिय परिचयपत्र अब स्थानीय तहबाटै भरिने भरिने भएको छ ।
पर्सा जिल्लाको १४ वटै स्थानीय तहबाट फारम भर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पर्साले हिजो आइतबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
राष्ट्रिय परिचयपत्र र ई पासपोर्ट बनाउनेको चाप जिल्ला पशासन कार्यालयमा दिनानु दिन बढन थालेपछी स्थानीय तहबाटै फारम भरिने व्यवस्था मिलाइएको जिल्ला प्रसाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिएका छन् ।
१४ वटै स्थानिय तहमा फारम भर्नका लागि सम्बन्धित व्यक्ति समेत तोकेर प्रसाशन कार्यालय द्वारा हिजो सूचना सार्वजनिक गरेको छ ।
सुचनामा फाराम भर्नका निमित्त वीरगञ्ज महानगरपालिकामा २ जनालाई तोकिएको छ भने अन्य स्थानीय तहमा एक एक जनाको जिम्मेवारी दिइएको छ ।
अब हरेक पालिकाका नागरिकले आफ्नै पालिकामा राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको फारम भरेर बायोमेट्रिकका लागि मात्रै जिल्ला प्रशासन कार्यालय आए हुने भएको छ ।