बिरगंज, फागुन ६ — पर्सा जिल्ला का नेकपा (एमाले) नेता बस्रुद्दीन अन्सारी औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन् । निर्वाचनको मुखमै भएको यो राजनीतिक घटनालाई पर्सा–१ को चुनावी समीकरण बदल्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
जनकपुर मा आयोजित भव्य आमसभाका बीच अन्सारीलाई नेपाली कांग्रेसका नेता गगन थापा ले खादा र माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा हजारौं कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको बताइएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले अन्सारीको प्रवेशलाई कांग्रेसको बढ्दो जनआधार र कार्यकर्तामा देखिएको उत्साहको संकेतका रूपमा व्याख्या गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
राजनीतिक विश्लेषकहरूले पनि अन्सारीको पार्टी प्रवेशले विशेषगरी पर्सा–१ क्षेत्रमा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने बताएका छन् ।