मानवसेवा आश्रम बिरगंज महानगरपालिका वडा न २५ को सिर्सियामा नवनिर्मित भवनको एक कार्यक्रम बीच उदघाटन गरिएको छ।

प्रदेश सभा सदस्य माननीय रमेश प्रसाद कुर्मीको संसदीय बिकास कोषको बजेट बाट सात करोड को लागतमा निर्माण भएको उक्त सुबिधा सम्पन्न नव निर्मित भवनको भब्य कार्यक्रम गरि उदघाटन गरिएको मधेस प्रदेश बिश्वबिद्धालयका उपकुलपति तथा मानवसेवा आश्रम बिरगंजका संरक्षक डा.दिपक शाक्यले बताएका हुन।

मधेस प्रदेशको एक मात्र सुविधाजनक आधुनिक र शान्त बाताबरण भएको उक्त मानवसेवा आश्रम निर्माणको मुल उदेश्य मानवतालाई जिवित राख्ने र मानसिक सन्तुलन गुमाएका आमा बुबा हरुलाई आश्रय दिएर सेवा गर्ने उच्च महत्त्वपूर्ण संकलपका साथ आज यस मानवसेवा आश्रमको निर्माण गराइएको प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय रमेश प्रसाद कुर्मीले बताए ।

मानवसेवा आश्रमको नव निर्मित भवन उदघाटन कार्यक्रमका बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोख्रेल, भारतको महावाणिज्य दूतावास बिरगंजका कन्सुलर शशिभुसन कुमार, बिरगंज उधोग वाणिज्य संघका पदाधिकारी र विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियोे ।