नेपाल र चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको बताएका छन् ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै किसिमको विवरण प्राप्त भएको छैन ।