जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित लागु औषध सहित तिन जनालाइ इनर्वा प्रहरी चौकि द्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट वीरगञ्जतर्फ तिन जना पैदल संकास्पदरूपमा हिँडि आउदै गरेको अवस्थामा निजहरूलाई खानतलासी गर्दा भारत विहार जिल्ला मोतिहारी ग्राम रामगढवा बस्ने वर्ष ४० को हेमताज आलमको साथबाट ( ४८० एम्पुल ) सोहि स्थानका वर्ष २० को अजित कुमार मलाहको साथबाट- ४७९ एम्पुल र वर्ष २० को इमतिहान आलमको साथबाट-४७९ एम्पुल गरि जम्मा १४३८ एम्पुल ति व्यक्तिहरूले आफ्नै जिउमा सेतो टेपले वेरि ल्याएका थिए । 

प्रतिबन्धित लागु औषध डाईजेपाम ४७९ एम्पुल, फेनारगन ४७९ र नुरफिन ४८० एम्पुल फेला परेको हुँदा निज तिनै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा निजहरू विरुद्द अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।