मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भनी मुल नारा को साथ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा केन्द्र मिनाबजारको ८ औं बार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

मिनाबाजार सामुदायिकका अध्यक्ष बासुदेव सहनीको सभापतित्वमा आयोजित कार्यक्रममा बीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख अतिथ्यता रहेको थियो । मन्तव्य को क्रममा बोल्दै उप-प्रमुख आलमले रक्त दान भनेको जीवन दान हो हामी सम्पुर्ण नगरबासीहरुले एक ढिक्का भएर रक्त दानमा सहभागी हुन जरुरी छ । हामीले दिएको रगतले कसैको जीवन बचाउनमा ठूलो योगदान पुर्याउछ यहि नै सवभन्दा ठूलो मानवता हो । हामी प्रत्येक तीन महिनामा रगत दिन बानी बसालौ भनि आग्रह समेत गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्त दिने दाताहरु को बाकलो उपस्तिथी रहेको थियो । कार्यक्रमको विशिष्ठ अतिथीमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कोमल साह,अरबिन्द सिंह रहेका थिए भने अतिथिहरुमा विर्ता वडा प्रहरी  कार्यालयका प्रहरी निरिक्षक विशाल मल्ल, सामुदाईक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासोदिन ठकुराई लगायत हरु को उपस्तिथी रहेको थियो। कार्यक्रम मा रक्त दाता हरु लाई प्रमाणपत्र प्रमुख अतिथी को हात बाट वितरण गरिएको थियो । सामुदाईक का प्रतिनिधिहरु लाई प्रसन्सापत्र समेत वितरण गरिएको थियो ।