वीरगंज- मुग्लिङ-नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।
सडकमाथिबाट खसेको पहिरोले २ बस बगाएको जनाइएको छ ।
ती बस बिहान साढे ३ बजे तिर बगाएको जनाइएको छ । एउटा बस विरगञ्जबाट आउँदै गरेकाे र अर्को काठमाडाैंबाट फर्किएकाे यात्रुबाहक बस भन्ने बुझिएकाे छ
बाराको मटिअर्वा र सिम्रौनगढबाट चल्ने Angel बस र वीरगञ्जबाट चल्ने गणपति बस नारायणगढ-मुग्लिन सडकखण्डको पहिरोमा दुई वटै बस त्रीसुली नदिमा बगेको छ। दुईवटा बसमा लगभग ६५ जना यात्रु छन् भने ३ जनालाई मात्र सुरक्षित निकालिएको छ।