३ श्रावण बीरगञ्ज - रौतहट मा हिजो श्रावण २ गते इस्लाम धर्मावलम्बीहरू को मोहरम ( दाहा ) बनाउने क्रममा चकुले हानाहान भएको छ ।


रौतहटको माधवनारायण नगरपालिका वडा नं. ७ लौकाहा दुर्गभगवती गा.पा भालोहियको करबोलमा मुस्लिम समुदायले मनाइरहेको मोहर्रममा लौकाहाका ३ जना व्यक्तिलाई छुरा चक्कु हानेर गम्भीर घाइते बनाएका छन् भने केही व्यक्तिलाई चोटपटक लागेका छन।



प्रहारगर्ने व्यक्तिहरूको समुहबाट एकजना व्यक्ति पक्राऊ परेका छन ।पक्राउ पर्ने व्यक्तिको नाम नन्दलाल साह र बुवाको नाम भ्रमदेव साह रहेको छ ।पक्राउ परेका व्यक्तिहरूको घर यमुनामाई गा.पा सुकदेव चोक जेथरहिया रहेको प्रहरीले जानकारी दिएका छन।