१४ साउन बीरगञ्ज - आज चन्द्रपुर ५ स्थित चिडीयादहमा मापसे गरी ट्र्याक्टर चलाउँदा ट्र्याक्टर दुर्घटना भएको हो ।
यसरी बस , ट्र्याक्टर र मोटरसाइकलहरु लाई सवारीचालकले गम्भीरतापूर्वक नलिँदा दिनप्रतिदिन सवारी दुर्घटनाहरू मा बढौत्री भएको देखिन्छ ।चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु तथा लोड बोक्नु, तिब्र गतिमा सवारी चलाउनु र पुराना सवारीको उचित मर्मत नहुनुले पनि दुर्घटना बढाउन सहयोग गरिरहेको छ ।
मुलुकको आधारभूत यातायातको रुपमा रहेको सडक दुर्घटना वृद्धि हुनुलाई चिन्ताको रुपमा हेर्नुपर्ने देखिएको छ । हरेक दिन सडक दुर्घटनामा परेर दर्जनौं मानिसले ज्यान गुमाउनु परिरहेको छ । सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण सर्वसाधारण नागरिकको यात्रा असुरक्षित बनिरहेको छ ।
चालकको लापरबाही नै सवारी दुर्घटनाको मुख्य कारण बनिरहेको छ । तिव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र जथाभावी ओभरटेक गर्नेजस्ता चालकको लापरबाहीले अधिकांश सवारी दुर्घटना हुने गरेको तथ्यलाई नकार्न सकिँदैन ।