नियमित खबर, २९ असार, संजय कुशवाहा

स्थानिय निकायको निर्वाचन २ महिना नवित्दै सप्तरी जिल्लाको राजविराज नगरपालिकाका मेयर भीमराज यादव विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानुनी ढंगले निर्माण व्यवसायमा अनुचित लाभ लिएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ ।मेयर यादवसहित जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुर, उपाध्यक्ष,कार्यालय प्रमुख,इञ्जिनियर र निर्माण सेवाका सञ्चालकसमेत सात जना र दुई वटा निर्माण सेवाउपर गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको ठहर गरिएको भएको हुनाले आयोगले अदालतमा मुद्दा दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।

ठेकेदारसमेत रहेका उनी जनता समाजवादी पार्टी (जसपा) बाट नगर प्रमुखमा निर्वाचित भएका थिए । मेयर यादव निलम्बनमा परेका छन् ।