ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा आदर्शनगर एरिया भित्र विभिन्न स्थानमा बृक्षारोपन कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रमको समापतित्व गरेका ग्रीन सिटिका अध्यक्ष प्रकाश खेतान र बिरगंज महानगरपालिकाका नगर उप प्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रम मा बोल्दै आलमले नगर भरि रोपिएको बिरुवा लाई मर्न नदिनका निम्ति नियमित रुपमा पानी हाल्न को लागि वीरगंज महानगरपालिकाका कर्मचारीहरु लाई निर्देशन दिनुका साथै नगर भरी बृक्षारोपन गरि महानगर लाई नै ग्रीन सिटि बनाउने प्रतिबद्धता समेत गरेका थिए ।

उक्त कार्यक्रममा कमल चौलागाईं, ट्राफिक प्रमुख लगायत का हरु को उपस्तिथि रहेको थियो । कार्यक्रम बारे जानकारि उप मेयर को प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।