वीरगन्ज, पर्सा फागुन २३,
नेपाल एसबिआई बैंक लिमिटेड र स्काईलाइन इन्फ्रा लिमिटेड, वीरगन्जबीच बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्काईलाइन इन्फ्राका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन् । खाद्य तथा पेय पदार्थ लगायत अन्य सुविधामा १५ प्रतिशतसम्म र आवास सुविधामा १० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ ।
बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काईलाइन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले सम्झौतापत्र आदानप्रदान गरेका हुन् । सो अवसरमा बैंकका वीरगन्ज शाखा प्रबन्धक राकेश महर्जनसहित दुबै संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
यस सम्झौताले बैंकका ग्राहकहरूलाई थप सुविधाजनक सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।