रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ५ मा आगलगी हुदा तिन घर जलेर नष्ट

मधेशमा दिनप्रतिदिन तापक्रम वृद्धि हुँदै गइरहेको छ। त्यसकारण जनमानस त्रसित भएका छन्। बढ्दो तापक्रमले मधेशका अधिकांश क्षेत्रमा आगलागीलमा वृद्धि भएको छ ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वा पुर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनी को घरमा आगलागी भएको हो ।आगलागी हुदा घरमा रहेको मालसामान जलेर नष्ट भएको र  खद्धान समाग्री सहीत घरायसी सरसमान लगायत लाखौ बराबरको क्षति भएको छ । आगो स्थानीयहरुले नियंत्रण गरीरहेका छन । थप विवरण आउन बाँकी रहेको छ।