पर्सा जिलाको वीरगंज महानगरपालिका को वडा नं. २ स्थित घुसुकपुर टोल निवासी हाजी ग्यासुदिन ठकुराइ दोस्रो पटक नेपाल सरकारको हज समितिको सदस्यमा मनोनीत भएका छन् ।
नेपाल हज समित्तिको कार्यविधि, २०७२ को दफा ३ को उपदफा (२) प्रकरण (ख) बमोजिम २ (दुई) वर्ष सम्म कार्यकाल रहने गरी नेपाल हज समितिको सदस्य पदमा कामकाज गर्ने गरी मनोनीत गरेको छ।
"समुदाय प्रहरी साझेदारी" कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा छपकैया- २, पर्साको अध्यक्ष समेत रहेका ठकुराई दुई दशक भन्दा वढि आफुलाई समाज सेवा समर्पित गरी विभिन्न सामाजिक संस्थामा आबद्ध रहेका छन् ।