शहरी गरिबी निवारण मंच (U-PAF) को आयाेजना तथा लुमन्ती आवासको लागि सहयोग समुहको सहयोगमा कलैया उप-महानगरपालिका वडा नं.१४ भाैरामा अवस्थित श्री ने.रा.नि.मा.बि.काे प्राङ्गणमा विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न गरिएको छ।  

सो कार्यक्रम अन्तर्गत बघवन पासवान टाेल, बघवन धनकार टाेल, भाैराका मुसहर बस्तीमा संचालित पुर्व विधालय तयारी कक्षामा अध्ययनरत विद्यार्थीहरुको बिच विभिन्न किसिमकाे मनाेरञ्नात्मक कार्यक्रम ( बैलुन फाेड , म्युजिकल चेयर, भित्र बाहिर जस्ता कार्यक्रम )गरिएको थियो।

सो प्रतियोगितामा प्रथम, दाेस्राे, तेस्रो हुनेलाई स्टेशनरी सामग्रीहरू पुरस्कार प्रदान गरिएको थियो।
सो कार्यक्रम मंचका काेषाध्यक्ष सबिता कुमारी पासवानको सभापतित्वमा सम्पन्न गरिएको थियो।जसमा अतिथिमा लुमन्तीका सामुदायिक सहजकर्ता सुर्य राज पासवान, भुइया बाबा उपभोक्ता समितिका अध्यक्ष असेसर माझी , काेषाध्यक्ष इना देवी माझी, छनु माझी लगायत स्थानीय भद्रभलादमीहरुकाे सहभागिता रहेको थियो।

सो कार्यक्रमको संचालन मंचका कार्यक्रम संयोजक शिवनाथ रामको रहेको थियो।