नेपाली काङ्ग्रेस मधेस प्रदेश कार्य समिति द्वारा बर्दिवास, महोत्तरीमा आज २०७९ सालमा स्थानीय तहमा मधेश प्रदेश भरिमा नेपाली कांग्रेस बाट निर्वाचित जन प्रतिनिधिहरुलाई बधाई तथा शुभ-कामना लगायत एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापती कृष्ण यादवको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि पुर्ण बहादुर खड्का, बिशिस्ट अतिथि फर्मुला मन्सुर, रमेश रिजाल, अजय चौरसिया, जनार्दन सिंह क्षेत्री, केस आन्न्द ढुगाना, रामहरि खतिवडा, नयन सिंह महर, लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका उप नगर प्रमुख इम्तियाज आलम वडा नं २ का महम्मद रेयाज मिया तेली लगायत मधेश प्रदेशमा नेपाली कांग्रेस बाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधी हरुलाई सम्मान गरिएको थियो ।