प्रेस मंच नेपालले वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई सम्मान गरेको छ ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका मेयर सिंहलाई पार्टीकै सुभेच्छुक संस्थाको रुपमा रहेको प्रेस मंच पर्साले शुक्रबार उनकै कार्यकक्षमा पुगेर सम्मान गरेको हो । सम्मान कार्यक्रममा मंचका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र साहले चुनाबमा जनतामाझ गरिएका वाचा पूरा गर्नेगरी कार्य गर्न सुझाब दिए ।

वीरगञ्जको विकास र समृद्धि हुन्छ भनेरै आम जनताले मतदान गरेर विजयी गराएको भन्दै जनताको विश्वास र भरोसा टुट्न नदिन पनि उनले आग्रह गरे । मेयर सिंहले आम नागरिकले लिएको विश्वास टुट्न नदिन सक्रिय भएर काम गरिरहेको भन्दै पर्सेली पत्रकारीतामा महानगरको सँधै साथ रहने विश्वास पनि दिलाए । कार्यक्रममा प्रेस मंचका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसैबीच प्रेस मंचको कार्यालय पनि संचालनमा आएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित साइबाबा मन्दिर नजिकै कार्यालय संचालनमा ल्याइएको मंचका केन्द्रीय उपाध्यक्ष साहले जानकारी दिए ।