शनिबार साँझ बाराको जतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को विधुत बत्ति विहिन टाँगियावस्ती स्कुल चोकमा भिन्नै खुःशीको माहौल छ । स्थानियहरु खुःशिले गद्गद् भएका छन् ।
विद्युत सम्बन्धी प्राविधिकहरु खटिरहेका थिए । स्पीकरमा गित गुन्जीरहेको थियो । अँध्योरोसँगै स्थानिय मानिसहरुको उपस्थीति बाक्लीँदै थियो । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का अध्यक्ष हरिदेव खरेल कार्यक्रम ब्यवस्थापनमा ब्यस्त देखिन्थे ।
किनभने सरकारी हेपाईमा बषौं देखि चेपीएको टाँगियावस्तीमा पहिलो पटक विजुली बल्दै थियो । केहीबेरमा अतिथीका रुपमा जितपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, बारा क्षेत्र नं.३का संघिय सांसद रामबाबु कुमार यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव, एमाले नेता अमृत बजगाँई, राधेश्याम शिवाकोटी, पुष्पराज थापा, नेकपा माओवादीका नेता एवं सोही वडाका पूर्व अध्यक्ष केदारनाथ बजगाँई लगायत कार्यक्रम स्थलमा आईपुगे । त्यसपछि स्थानिय एक यूवाले जनप्रतिनीधि ,नेता, पत्रकारसँगै स्थानिय सामाजिक अगुवाहरुलाई पालैपालो आसनग्रहण गराए ।
कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष खरेलले स्थानियको बषौंको प्रयास सफल भएको बताए । निजगढ अन्तराष्ट्रिय विमान स्थल निर्माणका नाममा यहाँका हजारौं जनतामाथी अन्याय हुँदै आएको थियो । शिक्षा, स्वास्थ्य, खानेपानि , टेलीफोनबाट यहाँका नागरिक समस्यामा छन् । बषौंको प्रयासमा विजुली आएको छ । तत्काल सबैखाले सेवा सहित भुमिको स्वामित्व टाँगियाबासीलाई दिनुपर्छ भन्दै सबै अध्यक्षता ग्रहण गरे ।
त्यसपछी टाँगिया सरोकार समतिका अध्यक्ष रमेश सापकोटाले सबैलाई स्वागत गरे । उनको स्वागतपछि उपस्थित नगर उपप्रमुख अधिकारी, नगरप्रमुख पौडेलले बोले । उनीहरुले टाँगियामा विजुली बाल्न भएका प्रयासहरु, पाएको दुःख, अवरोध र आफुहरुले गरेका प्रयास उपस्थीत जनतालाई सुनाए ।
अन्तीममा बोल्ने पालो थियो कार्यक्रमका प्रमुख अतिथी सांसद यादवको उनको बोल्ले पालो नआएउँदै उनको अगुवाहीमा उपस्थित अतिथीबाट ६ बजर ३४ मिनट जाँदा एकसाथ स्विच अन गरेर बत्ति बालियो । सँगै गाउँभरि भरखरै मिटर जडान भएका करिब ५ सय ५० घरधुरिमा एकसाथ बत्ती बल्यो । उपस्थीत स्थानियले खुशिको बरर ताली बजाए । नेताहरुको नामनै तोकेर यूवाहरुले हाएहाए गर्न थाले ।
जलश्रोत मान्त्रालयको २ करोड ६५ लाख रुपैंयाको लागतमा हुँदै गरेका विद्युतीकरणमा वन कार्यालय बाधक बनेपछी आजीत स्थानियसँग मिलेर सांसद यादवले सोको ब्यवस्थापन गरेका थिए । विधुतीकरणमा खटिएका नेपाल विधुत प्राधिकरण वितरण केन्द्र सिमराका कर्मचारीलाई डिभिजन वन कार्यालयले गत जेठमा नियन्त्रणमा लिएको थियो ।
कर्मचारी नै वन गस्तीको नियन्त्रणमा परेपछी विद्युतीकरणमा समस्या भयो । सोही बखत सांसद यादवको सक्रियतामा कर्मचारी छुटाएर कामलाई निरन्तरता दिएको स्थानिय अगुवा रमेश सापकोटाले बताए । सोही कारण स्थानियले सांसद यादवलाई बढी उत्साहीत बनाईरहेका हुन् उनले भने ।
विद्युतसँगै यहाँका १ हजार ४७६ बढी परिवारको हकहितका लागि पछी नपर्ने बाचा गर्दै उनले मन्तब्य टुङ्गयाए । उद्घोषकले कार्यक्रम समापन गर्ने जिम्मा पुनः वडा अध्यक्ष खरेललाई दिए । खरेलले सबैलाई धन्यबाद दिए ।