भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले १५० किलो गाजा सहित ट्रक बरामद गरेको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाई नजिकैबाट बरामद गरेको हो ।

छिन्नामस्ता २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बा ५ ख ८०७५ नम्बरको ट्रकमा गाजा सहित ट्रक बरामद गरेको छ । डिआईजी गणेश ठाडा मगरको ठाडो आदेशले खटिएको स्कवाड टोलीले गाजा, ट्रक, चालक सहित भारतीय गाजा तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्लाको कैलाश गाउपालिका वडा नम्बर ६ सानुलेख निवासी २९ बर्षिय राजकुमार रुम्वा र भारतको मोतिहारी जिल्ला संग्रामपुर थाना वडा नम्बर ११ भरवलिया निवासी श्याम महतोलाई गाजा सहित पक्राउ गरि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।