सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा. वडा नं.३ स्थित रहेको एम.ई.एस सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरु लाई साईबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्नर गरिएको छ ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी श्री ग्यासुदिन ठकुराईको अध्यक्षतामा, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्र.नि. श्री विशाल मल्लको प्रमुख आतिथ्यता, वडा समिति कार्यालय वडा नं. ३ का वडा सदस्य अब्दुल कलाम ज्यू, को विशिष्ट अतिथि, सामुदायिक सेवा केन्द्र छपकैया-२ का संरक्षक श्री श्याम शर्मा ज्यू, विद्यालयका प्रिन्सिपल अफजल हुसेन ज्यू, को अतिथी, सामुदायिक सेवा केन्द्र छपकैयाका व.उपाध्यक्ष मो. अब्दुल हक, सचिव प्रवीण विक्रम शाह, स.सचिव मदन प्रसाद गुप्ता,सदस्य अब्दुल कैश मिया तेलि, अजित कुमार भुजेल, प्र.स.नि. काम बहादुर गुरुङ, प्र.स.ह. राज कुमार तामाङ लगाएत उपस्थितिमा कार्यक्रम सम्पन्न् गरिएको थियो ।