निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ परी र नगर उपप्रमुख सोममाया थिङ्गले संयुक्त रुपमा ४ दिने तालिमको उदघाटन गरेका छन् ।
स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई. एफ. ई. एस. नेपालको प्राविधिक सहायोमा एवम् माण्डवीको सहजीकरणमा निर्वाचित महिला प्रतिनिधीहरुको लागि प्रारम्भिक प्रशिक्षण दोश्रो मोडयुल ४ दिने तालिम निजगढ नगरपालिकामा आजदेखी सुरुभएको छ ।
स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि, महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउनको लागि यस तालिमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजुकुमार साहले उदघाटन शत्रमा आफनो मन्तब्य राख्दै जानकारी गराएका थिए।
प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाले राजनीतिक , आर्थिक सामाजिक विकास सहभागिता तथा निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित, आत्म विश्वास बढाउने, सरोकारवाहरुसँग सहकार्य गर्ने विषयमा यस तालिम अवधि भित्र जानकारी गराउनु पर्ने प्रशिक्षक नेक महमद हुसैन र निभा सिंहले बताएका थिए।
सो तालिममा स्वागत मन्तबय प्रशासक सहायक सुप्रिया चौधरीको रहेको थियो ।