२३ पुस बीरगंज -चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पको धक्का नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
आज (मंगलबार) बिहान ६.५० बजे आएको शक्तिशाली भूकम्पका कारण चीनमा ३६ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यस भूकम्पका कारण चीनमा ३६ जनाको मृत्यु भएको हो।शक्तिशाली भूकम्पका कारण धेरै मानिस घाइते भएको र घरहरु भत्किएको खबर छ ।अहिलेसम्म क्षतिको विवरण आउन बाँकी नै रहेको छ ।भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।
उक्त भूकम्प ७ रेक्टर स्केलको रहेको र जमिनभन्दा करिब १० किलोमिटर भित्र केन्द्र रहेको पनि केन्द्रले जानकारी दिएको छ।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ। भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।
यस भूकम्पको प्रभाव नेपाल, भुटान, सिक्किम र भारतको उत्तराखण्डमा पनि देखिएको छ।