१८ माघ बीरगंज -सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बीरगंज महानगरपालिका ,ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा भारतीय महावाणिज्य दूतावास बीरगंज पर्साको संयुक्त आयोजनामा बीरगंजमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।बीरगंजलाई सफा र सुन्दर शहरको रुपमा विकास गर्ने अभिप्रायले भारतीय महावाणिज्य दूतावास बीरगञ्जको मूल द्वारदेखि मुरली चौकसम्म सरकारी ,गैरसरकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी ,एवं समाजसेवीहरूको सहयोगमा उक्त कार्यक्रम सुसम्पन्न भएको छ।
मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकाले महानगरलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ।महानगर क्षेत्रलाई सरसफाइमा मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजनाहरु अघि बढाइएपछि यतिबेला महानगर सफा र सुन्दर देखिन थालेको हो ।“पछिल्लो समय महानगरले जथाभावी फोहर गर्ने तथा सडकमै फोहोर जरिवानामा कडाई गर्दै सरसफाइलाई विशेष प्राथमिकतामा राखेर अभियान नै चलाएपछि नगर क्षेत्रका सडक र बजार अहिले चिटिक्क र सुन्दर देखिएको छ ।” बीरगंजका सडक , सडक पेटीकाहरू सफा ,सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरु सुन्दर र सफा महानगरवासी हुन पाएकामा गौरवको अनुभूति भइरहेको कुम्हार टोल वडा नं ५ बस्ने अजित वर्णवाल उनको भनाइ छ ।