वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिको बैठक बसि बिभिन योजना हरु मा छलफल भएको छ।

बजार व्यवस्थापन समितिका संयोजक तथा उप प्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बैठकले मुस्लिमहरुको पबित्र महिना रमजानको बेला मा बिरगंजको बजारमा म्याद नागिएको खाद्यान्न समाग्रीहरु लाई नष्ट गर्ने अधिक मुल्यमा बिक्री वितरण गर्नबाट रोक लागाने लगायतका बुन्दाहरुमा छलफल भएको छ ।

यदि कसैले यस्ता खाद्यान्न बिक्री गरेको पाईएमा दन्डित गर्ने उप प्रमुख आलम निर्देशन दिनु भएको छ ।

सो बैठकमा बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु सँग विभिन्न कुरा को निर्देशन दिनु भएको छ भने उक्त बैठकमा बजार भित्र सर्व सधारणहरुले दैनिक रुपमा उपभोग गर्ने समाग्री तथा खदान्न सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई एन अनुसार कार्यवाही गर्ने समेत उप प्रमुख आलमले बताए ।

बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्राई, वीरगंज महानगरपालिकाका कार्य पालिका सदस्य कन्हैया ठाकुर , वडा प्रहरी कार्यालय विर्ताका हरिकिशोर प्रसाद यादव, सशस्त्र प्रहरी बलका दिपेश चौधरी, जिल्ला ट्रापिक कार्यालयबाट गुणनिधि खकुरेल, लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।