पर्साको कालिकामाई गाउँपालिका वडा नं. २, भेडिहारीमा रहेको कालिकामाई युवा समाजको आज पहिलो वार्षिक उत्सवको अवसरमा बिरगञ्जको श्रीसिया स्थित मानव सेवा आश्रममा खाजा खुवाएका छन् ।
कालिकामाई युवा समाज का युवाहरूले आश्रममा आश्रित ७० जना आमा, बुवा तथा भाई बहिनीहरूलाई स्याउ, केरा, मिठाई , नमकिन् लगायतका खानेकुराहरू वितरण गर्दै मानव सेवा गरेर कालिकामाई युवा समाजले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको जानकारी कार्यक्रमका दाता समेत रहेका कालिकामाई युवा समाजको कोषाध्यक्ष तथा अग्रसर युवा समाजसेवी बुलेट तिवारीले जानकारी दिएका छन् ।